२०८१ पौष ५, शुक्रवार , ०९:३७:५१ बजे

Sajhamanch
'

सहकारी संस्थाका ऋणी सदस्यलाई ऋण रकम चुक्ता गर्न ललितपुर महानगरको अनुरोध

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । ललितपुर महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यलाई ऋण रकम चुक्ता गर्न अनुरोेध गरेको छ । महानगरले आज एक सूचना निकालेर सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यले समयमा भुक्तानी नगरे थप समस्या पर्ने भएकाले त्यस्ता ऋणीलाई गम्भीर हुन आग्रह गरेको हो ।

सूचनामा समयमै ऋण नतिरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा महानगरको सहकारी ऐन २०७५ को दफा ६२ अनुसार ऋणीको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउने चेतावनी दिएको छ ।

जुन सम्झौता र शर्त अनुसार ऋण लिएको हो त्यसै अनुसार ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारीमा समयमा नै तिर्न र सहकारीमा देलेको समस्यालाई समाधान गर्न सहयोग पुर्‍याउन महानगरले ऋणी सदस्यहरुलाई अनुरोध गरेको छ ।

सम्बन्धित खबर