२०८१ मंसिर १०, सोमवार , ०१:४०:०५ बजे

Sajhamanch
'

आजदेखि मौसममा सुधार

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली मात्र छ । बाँकी भागमा भने मौसम सफा छ ।

महाशाखाका वरिष्ठ मौसमविद मिन कुमार अर्यालले भने, ‘अहिले धेरैजसो ठाउँमा मौसम सफा छ । दिउँसो चाहिँ गण्डकी र कोशीका पहाडी क्षेत्रमा आंशिक तथा साधारण बदली हुन्छ । बाँकी तिर सफा हुन्छ ।’

पश्चिमी वायुको प्रभावले गत आइतबारदेखि पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको थियो । यो पूर्वतिर सर्ने क्रममा विहीबार काठमाडौं उपत्यकामा समेत वर्षा भएको थियो ।

आज बिहानदेखि भने काठमाडौं घाम लागेको छ । बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौंसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा देखिएको छ ।

बिहीबार काठमाडौंमा ३.६ मिलिमिटर वर्षा भएको थियो । पोखरामा ७।५, घोराहीमा ५.८, दिपायल र डडेलधुरामा समान ३/३ मिलिमिटर वर्षा भएको थियो ।

महाशाखाका अनुसार अब गर्मी बढ्ने छ । तापक्रम बढेसँगै स्थानीय वायुको प्रभावले हावाहुरी चल्ने र चट्याङ सुरु हुने छ ।

शुक्रवार, फागुन ११, २०८० | Weather, मिडियाबाट साभार

सम्बन्धित खबर

आजको मौसम
आइतवार, मंसिर ९, २०८१
आजको मौसम
शनिवार, मंसिर ८, २०८१