२०८१ फागुन १३, मङ्गलवार , ०१:३४:५५ बजे

Sajhamanch
'

नामिबियाविरुद्ध नेपाललाई छैटौँ सफलता, भुर्तेलले लिए दोस्रो विकेट

बुधवार, फागुन ९, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबिया विरुद्ध नेपालले छैटौँ विकेट लिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले २८.४ ओभरमा जान निकोल लोफ्टी–इटोनलाई गुमाएको हो ।

इटोनलाई नेपालका कुशल भुर्तेलले विकेटकिपर आसिफ सेखबाट क्याच गराए । जारी खेलमा कुशलको यो दोस्रो विकेट हो ।

जारी खेलको २९ ओभर समाप्त हुँदा नामिबियाले ६ विकेट गुमाएर ११८ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।