२०८२ जेठ ५, आइतवार , ०१:२०:०० बजे

Sajhamanch
'

शनिश्चरे माविमा लागुपदार्थ तथा मदिरा नियन्त्रण सम्बन्धी जनचेतनामुलक प्रशिक्षण

बिहिवार, माघ २५, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे माविमा अध्ययनरत विद्यार्थीहरुलाई आज लागुपदार्थ तथा मदिरा नियन्त्रण सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिइएको छ ।

स्थानीय अनिश गिरीको सक्रियतामा लागुपदार्थ दुव्र्यसनी नियन्त्रणका क्षेत्रमा क्रियाशील मनिष गुरुङले चेतनामुलक कार्यक्रमको सहजीकरण गरेका थिए । कलिलो उमेरका बालबालिकाहरु लगुपदार्थ दुव्र्यसनीमा फस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै विद्यालयमा नै पुगेर चेतनामूलक कार्यक्रम गरिएको गिरीले बताए ।

झापामा लागु औषध ओसारपसार तथा प्रयोगकर्ता उच्च जोखिम क्षेत्रका रूपमा रहेको र अर्कातिर भारतसँग खुला सीमा नाका नजिकै रहेकाले बालबालिकालाई चेतना दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहजकर्ता गुरुङले जानकारी दिए ।

लागुपदार्थ दुव्र्यसनी घटाउन तथा दुव्र्यसन हुन नै नदिने किसिमले कार्यक्रमहरू सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग पुर्याउनु पर्ने समाजका सरोकारवालाको दायित्व रहेको भन्दै विद्यालयका शिक्षक तारा विश्वकर्माले आयोजकलाई धन्यवाद दिइन् ।

कार्यक्रममा लागु औषध दुव्र्ययसन, यसको असर, यसबाट बच्ने उपायका बारेमा २०० भन्दा धेरै विद्यार्थी तथा शिक्षकहरुलाई जानकारीमूलक सहजीकरण गरिएको थियो । सहजकर्ताले लागु औषध नियन्त्रण तथा जीवन उपयोगी नैतिक एवं सामाजिक शिक्षा सम्बन्धी जानकारी गराएका थिए ।

लागु पदार्थको सेवनले तिनको शारीरिक र मानसिक स्थितिमा प्रभाव पारेर लट्ठिने, उत्तेजित हुने, बरबराउने, उन्मुक्त हुने, शिथिल हुनेजस्ता लक्षण देखिने उनीहरुको भनाई थियो ।

यस्ता लागुपदार्थ सेवनकर्ताले समयमा नै डोज नपाए छट्पटिने, रुने कराउने आदि स्वाभाव देखाउने उनीहरुको भनाई थियो । लागुपदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि भएको सो चतनामुलक कार्यक्रममा जानकारी गराइएको थियो ।

सम्बन्धित खबर