
काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनायो ।