२०८२ जेठ १०, शुक्रवार , १२:४६:०८ बजे

Sajhamanch
'

सरकारको गलत नीतिले मुलुक कमजोर भयो : ओली

शनिवार, माघ २०, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको उनले जिकिर गरे ।

शनिबारदेखि काठमाडौंको टुँडिखेलमा सुरु युवा महोत्सवमा उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे । रेमिट्यान्सका भरमा मुलुक चल्ने विषय खतरनाक हुने भए पनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको उनको भनाइ छ ।

युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको भन्दै उनले त्यसतर्फ पनि सरकारले ध्यान नदिएको बताए ।

“गठबन्धनवालाहरूको नीति नै गलत छन् । नेपाललाई शिक्षाको हब बनाउनुपर्ने, स्वास्थ्यको हब बनाउनुपर्ने । यहाँ शिक्षा र स्वास्थ्यको अवसर समाप्त पार्ने काम भइरहेको छ,” उनले भने, “यसलाई प्राविधिक शिक्षाको हब बनाउनुपर्ने । यस्तो ठाउँमा आज शिक्षाका लागि बाहिर जाने अवस्था छ, जसको पाँच हजारभन्दा पुरानो शिक्षाको अनुभव छ । त्यो ठाउँमा शिक्षा कमजोर भइराखेको छ ।”

वर्तमान सरकारले राष्ट्रिय उत्पादनमा जोड नदिँदा मुलुक रेमिट्यान्स अर्थतन्त्रमा निर्भर हुनुपर्ने अवस्था आएको उनले बताए । देशको विकास अरू कुनै राष्ट्रले नभई आफैँले गर्नुपर्ने भएकाले त्यसतर्फ युवा अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित खबर