
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताएका छन्।
आइतबार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा पाइने च्याउहरुलाई प्रवर्द्धन र बजारीकरण गर्न जरुरी रहेको उल्लेख गरे।
सभामुख घिमिरेले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गर्दै विदेशी च्याउलाई विस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताए।
‘गत १० वर्ष यता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्त्व र स्थान दिन सकेको छैन।’ उनले भने।
सभामुख घिमिरेले अरू क्षेत्रको अनुसन्धानमा महत्त्व दिए जसरी नै नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गरी बजारीकरण गर्नेकुरामा ध्यान दिन जरुरी रहेको सुनाए।