२०८१ मंसिर १२, बुधवार , ०२:२६:२५ बजे

Sajhamanch
'

भद्रपुरमा संस्थागत विद्यालयहरुहरु ‘कानून’भन्दा माथि हुन् !?

शनिवार, पौष १४, २०८०

भद्रपुर । प्याब्सन र एनप्याब्सनको छातामुनि आवद्ध रहेको आधारमा भद्रपुरका संस्थागत विद्यालयहरुले मनोमानी गरिरहेकोप्रति संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले आपत्ति जनाएको छ ।

नगर अध्यक्ष विदुर ढुंगाना तथा सचिव रमेश भट्टराईद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार राज्यको नीति विपरित शुक्रबार पनि दिनभर कक्षा सञ्चालन गर्दै आएको, विभिन्न बाहना बनाएर अन्य सार्वजनिक विदा अतिक्रमण गर्ने गरेको, सरकारले तोकेको पारिश्रमिक नदिने, आधा दिनको विदा मिचेर पूरै दिन काम लगाउने, हरेक वर्ष विद्यार्थीको अध्ययन शुल्क बढाउँदै जाने तर शिक्षक कर्मचारीको पारिश्रमिक बढाउन नमान्ने कार्यको संरक्षण प्यााब्सन–एनप्याब्सनले गरिरहेकोले यस्तो कायैशैलीप्रति आपत्ति प्रकट गरिएको छ ।

राज्यको नीति नियमभन्दा शक्तिशाली निकाय बन्न खोज्दै प्याब्सन–एनप्याब्सनको आडमा आगामी दिनमा यस्ता गतिविधि बढाउँदै लगे कानुनी उपचारमा जाने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । ‘शुक्रबार १ बजेपछि संस्थागत विद्यालय विदा नगरिए बहिस्कार गरेर विद्यालय छोड्नेसम्मको कदम चालिने’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै प्याब्सन–एनप्याब्सनसँग संस्थागत विद्यालय शिक्षक युनियनले गरेको सहमती विपरित संस्थागत विद्यालयहरूले शिक्षक कर्मचारी माथि गरिरहेको शोषण अविलम्ब नरोके कडा प्रतिकारमा जाने समेत स्पष्ट पारिएको छ ।

भद्रपुर नगर क्षेत्रमा रहेका ३१ वटा संस्थागत विद्यालयहरू मध्ये अधिकांश विद्यालयले प्याब्सन– एनप्याब्सनको निर्णय भन्दै सार्वजनिक विदा अतिक्रमण गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक नदिने, राज्यको नीति नियम विपरित गतिविधि अगाडि बढाउने काम गरे पनि नियामक निकाय रमिते भइरहेको आरोप लगाइएको छ ।

सम्बन्धित खबर