२०८१ कार्तिक २०, मङ्गलवार , १२:४०:१३ बजे

Sajhamanch
'

लेखनाथ पुस्तकालयको सभापतिमा निराकार

आइतवार, पौष १, २०८०

भद्रपुर । लेखनाथ पुस्तकालय चन्द्रगढीको ३८औं साधारण सभाले कवि कृष्ण सुवेदी निराकारको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

झापा सदरमुकाम चन्द्रगढीमा वि. सं २०३७ सालमा स्थापना भई निरन्तर सञ्चालनमा रहेको पुस्तकालयको दुई वर्षे कार्यकालका लागि निराकार नेतृत्वमा सर्वसम्मत समिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा खगेन्द्रा खुसी, सचिव हरिकिशोर आचार्य, सहसचिव उषा गुरूङ र कोषाध्यक्षमा गोविन्द कोइराला सर्वसम्मत चयन भएका छन् ।

पुस्तकालयका सदस्यहरूमा निर्मला बाँस्तोला दंगाल र जनार्दन उप्रेती निर्वाचित भएका छन् भने बाँकी ४ जना सदस्य समितिले मनोनयन गर्नेछ ।

पुस्तकालयका कार्यवाहक सभापति हरिप्रसाद न्यौपानेको सभापतित्व तथा प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा भाषाविद चूडामणि रेग्मी, पुस्तकालयका संस्थापक अध्यक्ष डिल्लीराम खतिवडा, सहप्राध्यापक चूडामणि वशिष्ठ लगायतले मन्तव्य राखेका थिए ।

गोपाल आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत पुस्तकालयका सचिव हरिकिशोर आचार्यले गरेका थिए ।

सम्बन्धित खबर