२०८२ फागुन १० आइतवार , ०३:३५:०१ बजे

Sajhamanch
'

चन्द्रगढी सेवा समाजको चौथो साधारण सभा सम्पन्न

शनिवार, मंसिर १६, २०८०

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न गरिएको छ ।

समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा संस्थाको बार्षिक गतिविधि तथा साँगठनिक प्रतिवेदन बरिष्ठ उपाध्यक्ष नयाँनाथ पाण्डेले प्रस्तुत गरेका थिए भने नगर प्रमुख पोखरेलले समाजको नयाँ भवन निर्माणका लागि समितिले बनाउने योजनाका आधारमा नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा सेवा समाजको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने जग्गादाता अमरबहादुर कार्की, नगरपालिकाकी उपप्रमुख राधा कार्की, भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सहिद चोक टोल विकास संस्थाका अध्यक्ष ढाकालाल अधिकारी, सल्लाकार सदस्य रामप्रसाद दवाडी लगायले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका संरक्षक सदस्य दम्पती होमनाथ घिमिरे र पुष्पा घिमिरेले समाजको सेवा कार्यका लागि भन्दै नगद ३० हजार जेहेन्दार छात्रा वृत्ति वितरण गर्न सहयोग गरेका थिए ।

अधिकारीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सह सचिव युवराज न्यौपाने र स्वागत उपाध्यक्ष देवीमाया अधिकारीले गरेकी थिइन् ।

शनिवार, मंसिर १६, २०८० | समाज

सम्बन्धित खबर