२०८१ मंसिर १५, शनिवार , ०३:३५:४४ बजे

Sajhamanch
'

बिर्तामोडमा प्याब्सनको दुईदिने सांगीतिक कार्यक्रम सम्पन्न, उत्कृष्ट प्रतिभाहरु पुरस्कृत

शुक्रवार, मंसिर १५, २०८०

बिर्तामोड । निजी तथा आवशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको वार्षिक कार्यक्रम अन्तरगत प्याब्सन बिर्तामोडको आयोजनामा भएको दुई दिने सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोडस्थित कोहेड विद्यालयमा बुधबार र बिहीबार नगर स्तरीय नृत्य तथा गायन प्रतियोगिता २०८० सम्पन्न भएको हो । पहिलो दिनको पहिलो चरणमा कक्षा ६ सम्मका बालबालिकाले आधुनिक गीतमा नृत्य प्रस्तुत गरेका थिए । उक्त दिनको दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले राष्ट्रियताप्रति ओतप्रोत भएका गीतमाा नृत्य प्रस्तुति गरेका थिए ।

यस्तै प्रतियोगिताको दोस्रो दिन बिहीबार कक्षा ९ देखि १२ सम्म सांस्कृतिक नृत्ये केटेगोरीतर्फ बेल्स मोडल स्कूल र कोहेड स्कूल प्रथम भएका छन् ।

त्यस्तै कन्चनजंघा मावि दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट बोडिङ स्कूल तेस्रो भए । आधुनिक नृत्यतर्फ कक्षा १ देखि ५ सम्म बेल्स मोडल स्कूल प्रथम, चिल्ड्रेन इन्भाइरोमेन्ट बोडिङ स्कूल दोस्रो र कन्चन बोडिङ स्कूल तेस्रो भए ।

कक्षा ६ देखि ८ सम्मको राष्ट्रिय नृत्यतर्फ न्यूटन्स एजुकेशन एकाडेमी प्रथम, बुद्धस्मृति स्कूल दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट बोडिङ स्कूल तेस्रो भएका छन् ।

त्यसैगरी १२ वर्षमुनिको गायनतर्फ निजी इग्लिस स्कूल प्रथम, तक्षशीला इग्लिस बोडिङ स्कूल दोस्रो र कन्चनजंघा तेस्रो भएका छन् ।

१२ वर्ष माथिको गायनतर्फ कन्चन स्कूल प्रथम, कन्चनजंघा दोस्रो र तक्षशीला तेस्रो भएका छन् । कक्षा ११ र १२ गायनतर्फ कन्चनजंघा मावि प्रथम, एमीटी मावि दोस्रो र कोहेड स्कूल तेस्रो भएका छन् ।

प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्राा महतारा प्रसाई रहेकी थिइन् भने दोस्रो दिनको प्रमुख अतिथि मेची क्याम्पसका प्राध्यापक केशव प्रसाई रहेका थिए ।

कार्यक्रममा प्याब्सन बिर्तामोड नगर सह–सचिव तथा न्युटन्स एकाडेमी एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुुमागाईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्याब्सन नगर सचिव सुरेन्द्र खरेलले गरेका थिए ।

सो प्रतियोगिताको निर्णायक मण्डलीमा गायततर्फ अनुप दियाली र चण्डी साम्पाङ थिए भने नृत्यतर्फ देवराज खड्का र सुमन योगी रहेका थिए ।

बुधबार शुरु भएको सांस्कृतिक कार्यक्रम अन्तरगत कक्षा १ देखि ५ सम्मका विद्यार्थीले सामुहिक नेपाली आधुनिक नृत्य र कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले सामुहिक राष्ट्रिय नृत्य प्रस्तुत गरेका छन् ।

नगरमा उत्कृष्ट हुने विद्यार्थी तथा समूहले प्याब्सन झापाले आगमी पुस १ र २ गते दमकको कार्यक्रममा सहभागीता जनाउन पाउने जनाइएको छ ।

प्रतियोगितामा बिर्तामोड नगरका प्याब्सनमा आवद्ध निजी विद्यालयहरुको सहभागिता थियो । कार्यक्रममा प्याब्सन झापा सचिव हरिकृष्ण पाठक, न्युटन्स एजुकेशन एकाडेमीका संंस्थापक धर्मा पराजुली प्रसाई, कोहेड स्कूलका प्रिन्सिपल कमल तिम्सिना, कोहेडका संयोजक केशव प्रसाई, बालबालिका शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर