२०८१ मंसिर १५, शनिवार , १२:१९:४८ बजे

Sajhamanch
'

बिर्तामोड प्याब्सनको सांस्कृतिक कार्यक्रम मंसीर १३ र १४ मा गरिने

बिहिवार, मंसिर ७, २०८०

बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बिर्तामोड नगर समितिले वर्षेनी गर्दै आएको सांस्कृतिक कार्यक्रम यो वर्ष मंसीर १३ र १४ गते गर्ने भएको छ ।

बिर्तामोड भरिका ४८ वटा विद्यालयको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा रचनात्मक रुपमा सम्पन्न गर्ने तयारी गरिएको अध्यक्ष उत्तम खनालले बताएका छन् ।

उमेर र समूह अनुसार नृत्य र गायनमा विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने उनले बताएका छन् ।

जिम्मेवारी बाँड्फाँड तथा योजना निर्माण बैठकमा बोल्दै प्याब्सन नगर सहसचिव देबेन्द्र हुमागाईले बालबालिकाको क्षमता र प्रतिभालाई उजागर गर्ने प्लेटफमको रुपमा प्याब्सनको कार्यक्रम हुँदै आएकाले कार्यक्रम विद्यार्थी केन्द्रित हुने जानकारी दिए ।

नृत्य र गायन प्रतियोगितामा बिर्तामोड भरिका करिब २ हजार ५०० विधार्थीको सहभागिता रहने हुमागाईंले बताए । सो कार्यक्रम सम्पन्न गर्न २ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रत्येक वर्ष प्याब्सनले गर्ने सांस्कृतिक, खेलकुद तथा अन्य कार्यक्रममा बिर्तामोड नगर क्षेत्रका विद्यालयले रचनात्मक प्रस्तुति दिदै आएकाले यस कार्यक्रमलाई महत्त्वका साथमा हेरिएको सचिव सुरेन्द्र खरेलले बताए ।

उनका अनुसार नगरमा उत्कृष्ट हुने प्रतियोगी तथा समूहले जिल्लाको कार्यक्रममा सहभागिता जनाउने छन् ।

सम्बन्धित खबर