शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरबाट छनोट भएका खेलाडीहरुलाई खेल सामाग्री वितरण गरेको छ ।
झापा जिल्ला स्तरीय अन्तरपालिका खुल्ला फुटबल प्रतियोगिताका लागि नगरबाट छनौट भएको २३ जना खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरिएको हो ।
उनीहरुलाई नरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, लेखा अधिकृत प्रकाश योङ्गहाङ र शिक्षा शाखा प्रमुख छवि ढकालले उक्त सामाग्री प्रदान गरेका हुन् ।
खेल सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख थोप्राले शिवसताक्षी नगरपालिकाले अन्य पालिका भन्दा खेल क्षेत्रमा अगाडी रहेको जानकारी दिए । हाम्रो नगरमा खेलका लागि प्राथमिकता दिइएको छ । उनले भने, शिवसताक्षीले खेलाडी उत्पादन गर्न विशेष जोड दिएको छ । नगरका खेलाडीहरुलाई पूर्ण रुपमा खेल सेवा सुविधा पु¥याउन नसकेपनि खेलाडीहरुको मनोबल उच्च राख्न र खेललाई निरन्तरता दिनका लागि खेल सामाग्री वितरण गरिएको नगर प्रमुख थोप्राको भनाई छ ।
त्यसैगरी नगर उपप्रमुख नरमाया कार्कीले मंसिर ७ गतेदेखि सञ्चालन हुन लागेको अन्तर पालिका फुटबल प्रत्योगितामा नगरपालिकाले नाम राख्दै विजेता हासिल गरे नगरपालिकाले प्रत्साहन स्वरुव खेलाडीहरुलाई सम्मान गरिने समेत जानकारी दिइन् ।
नगरपालिकाले प्रति खेलाडी २ सेट जर्सी, २५ सेट ड्रेस कोड,२३ थान सक्स, २५ थान जुत्ता, २५ थान बुम, १२ थान फटबल, ३० थान रातो र निलो कलरको बिब्स लगायतका १ लाख ५० हजार बराबरको खेल सामाग्री प्रदान गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ।
नगरपालिकाले नगर भरीका १ सय खेलाडीबाट छनोट गरी २३ जनालाई अन्तरपालिकाका खेलमा समावेश गराउन लागेको नेपाल खेलकुद महासंघ सदस्य सुरज रिङगालुङ्गले जानकारी दिए ।
झापाको भद्रपुर रंगाशालामा आगामी मंसिर ११ गते शिवसताक्षी नगरपालिकाले अर्जुनधारा नगरपालिका सँग प्रतिश्पर्धा गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।