२०८२ असार २०, शुक्रवार , ०८:४९:१५ बजे

Sajhamanch
'

अन्तिममा बढेर बन्द भयो सेयर बजार, कारोबार रकम ६९ करोड ४२ लाखमा खुम्चियो

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । कारोबारको सुरुवाती समयदेखि नै उच्च गिरावट देखिएको सेयर बजार अन्तिम समयमा आएर सम्हालिएको छ । सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर बन्द भयो ।

कारोबार खुलेको ४७ मिनेटमै नेप्से १८५७ विन्दुसम्म झरेकोमा अन्तिम समयमा १८७८.७० विन्दुमा आएर बन्द भयो । दिउँसो सवा २ बजेपछि नेप्सेमा सुधार देखिएको छ । कारोबार रकम भने ६९ करोड ४२ लाखमा खुम्चियो । आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको थियो ।

होटल तथा पर्यटन २० र उत्पादन उपसमूह ४० अंक घटे । बैंकिङ ०.५८, विकास बैंक २७, फाइनान्स १३, जलविद्युत् ४, जीवन बीमा १२, निर्जीवन बीमा ८३, अन्य १ र ब्यापार उपसमूह भने २१ अंक बढे ।

पञ्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७।८ प्रतिशत बढ्यो भने मन्दाकिनी हाइड्रोको ५।८ प्रतिशत बढ्यो ।

सोनापुर मिनरल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । सूचीकृत भएपछि लगातार दोस्रो दिन कम्पनीको मूल्य १० प्रतिशत घटेको हो ।

बिन्ध्यवासिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोको मूल्य साढे ६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा साधना लघुवित्त संस्थापक सेयर, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक संस्थापक, नबिल बैंक र नेसनल हाइड्रोपावर क्रमशः अगाडि रहे ।

सम्बन्धित खबर