२०८२ साउन २८, बुधवार , ०८:३६:४२ बजे

Sajhamanch
'

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

शनिवार, कार्तिक ४, २०८०

मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गए राति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी–१ बस्ने रमन बस्नेत घाइते भएको र उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताए । मोटरसाइकल सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

सम्बन्धित खबर