२०८१ माघ ३०, बुधवार , १०:४९:४९ बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्ड परिवारले दसैँ नमनाउने

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारले योपटक बडादसैँ नमाउने भएको छ । प्रधानमन्त्रीपत्नी सीता दाहालको शोकका कारण परिवारले नै दसैँ नमाउने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

गत वर्षको दसैँमा पनि प्रधानमन्त्री प्रचण्डले आफूले टीका लगाएका थिएनन् । परिवारलाई भने उनले टीका लगाइदिएका थिए ।

“उहाँले त पहिले पनि टीका लगाउनुभएको थिएन । उहाँले परिवारलाई लगाइदिनुभएको थियो । प्रधानमन्त्रीज्यूको परिवारमा यसपटक दसैँको टीका छैन,” उनले भने ।

दसैँमा नेता–कार्यकर्तासँग प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम भने रहेको उनले जानकारी दिए ।

गएको असार २७ गते प्रधानमन्त्रीपत्नी दाहालको निधन भएको थियो ।

शुक्रवार, कार्तिक ३, २०८० | मिडियाबाट साभार, राजनीति

सम्बन्धित खबर