२०८१ मंसिर १२, बुधवार , १२:३५:१६ बजे

Sajhamanch
'

वडास्तरीय फुटबल : बिर्तामोड १० सेमिफाइनलमा प्रवेश

आइतवार, असोज २८, २०८०

बिर्तामोड । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत आज आइतबार भएको अन्तिम क्वाटरफाइनलमा खेलमा बिर्तामोड–१० विजयी बनेको हो ।

निर्धारित ६० मिनेटको खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने बिर्तामोड ६ माथि बिर्तामोड–१० हावी भयो । दोस्रो हाफमा बिर्तामोड–१० लाई जित दिलाउन टिम कप्तान दिपेन राई र सौरव लिम्बूले एक–एक गोल गरे ।

दोस्रो हाफको १३औं मिनेटमा पहिलो गोल गर्दै दिपेनले टिमलाई अग्रता दिलाएका थिए । एक शून्यले पछि परेको बिर्तामोड–६ ले बराबरी गर्ने प्रयास गरेपनि सफल हुन् सकेन ।

दोस्रो हाफको २७औं मिनेटमा सौरव लिम्बूले थप एक गोल गरेपछि बिर्तामोड–६ दुई–शून्यले पछि पर्यो । ‘डी’ एरियामा बिर्तामोड–६ का खेलाडी दिपेश बस्नेतले फल्ड गरेपछि बिर्तामोड–१० ले पेनाल्टीको अवसर पाएको थियो ।

राजकुमार कन्दङ्वाले प्रहार गरेको पेनाल्टी बिर्तामोड–६ का गोल किप्परले बचाउ गरेका थिए । त्यस लगत्तै मैदानमा आएको बललाई सौरव लिम्बूले गरेको प्रहार भने गोल भएको थियो ।

आजको खेलमा बिर्तामोड १० का कप्तान दिपेन राई ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले पुरस्कार वापतको रकम प्रदान गरे ।

प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुने छ । भोलि हुने पहिलो सेमिफाइनलमा बिर्तामोड ४ र बिर्तामोड ५ बिच हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिए ।

सम्बन्धित खबर