![](https://sajhamanch.com/wp-content/uploads/2023/10/KP-Sharma-oli-5.jpg)
झापा । विगत धेरै वर्षदेखि दशैंको महानवमीका दिन हुने गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चियापान समारोह यो वर्ष सोभन्दा अगावै हुने भएको छ ।
नकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले कात्तिक ३ गते १२ बजेदेखि बिर्तामोडको सिटी सेन्टरमा पार्टी अध्यक्ष ओलीको चियापान समारोह आयोजना गरिएको जनाएका हुन् ।
आज बिहान नगरकमिटीको विस्तारित बैठकमा अध्यक्ष भट्टराईले उक्त कार्यक्रममा सबै तहका पार्टी कार्यकर्ताहरुको सहभागिता जुटाउन आग्रह गरेका हुन् ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुको समेत सहभागिता रहने गरी निमन्त्रणा गरिने जनाईएको छ ।