२०८१ माघ ३०, बुधवार , ०२:२१:१० बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्डले भने– केदार कार्की गठबन्धनकै मुख्यमन्त्री हो

शनिवार, असोज २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की सत्तारुढ गठबन्धनको मुख्यमन्त्री भएको बताएका छन् । कार्की गठबन्धनकै उमेदवारका रूपमा मुख्यमन्त्री बनेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग उनले कोसीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने पनि स्पष्ट पारे ।

आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग आफ्नो छलफल भएको र गठबन्धन बलियो बनाउने कुरामा सहमति बनेको प्रचण्डले जानकारी दिए ।

“अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो । त्यसैले यो समस्याको सेफल्यान्डिङ गरेका छौँ,” उनले भने ।

कोसी प्रदेशमा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, नेपाली कांग्रेसका नेता कार्की कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको हस्ताक्षर जुटाएर मुख्यमन्त्री बनेका छन् ।

सम्बन्धित खबर