२०८१ पौष ५, शुक्रवार , ०६:२२:४७ बजे

Sajhamanch
'

वडास्तरीय फुटबल प्रतियोगिताः आयोजकलाई हराउँदै वडा नं. १ भारी गोल अन्तरले विजयी

शनिवार, असोज २०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ मा प्रथम शिवसताक्षी वडा स्तरीय फुटबल प्रतियोगिता उद्घाटन खेलमा वडा नं.१ विजयी भएको छ ।

प्रतियोगितामा आयोजक वडा नं. ७ बी लाई ७–० गोल अन्तरले हराउँदै वडा नं. १ विजयी भएको हो ।

वडा नं. १ ले वडा नं. ७ लाई दवावमा राखेर खेल खेलेको थियो । वडा नं. १ को तर्फबाट लगातार गोल लागेपनि वडा नं. ७ ले कुनै पनि गोल फर्काउन सकेन ।

प्रतियोगितामा १२ ओटा टिमले सहभागीता जनाएको छन् ।  प्रतियोगिताको विजेता टिमले नगद रु ३० हजार, उपविजेता टिमले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियागितामा भएको प्रत्येक खेलको वेष्ट खेलाडीलाई नगद २ हजार, म्यान अफ दी म्याचलाई २ हजारका दरले पुरस्कृत गरिने वडा नं. ७ को खेलकुद विकास समितिले जनाएको छ ।

भोलि आइतरबा वडा नं. ३ र वडा नं. ८ बीच हुने आयोजनले जनाएको छ । प्रतियोगिता वडा नं. ७ चन्द्रडाँगी स्थित शुक्र माविको खेल मैदानमा भएको थियो ।

प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग, वडा सदस्यहरु, एनी ब्राण्डका प्रबन्धक सन्तोष थोप्रा, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

शनिवार, असोज २०, २०८० | खेलकुद

सम्बन्धित खबर