भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाबाट सचिवमा विदुर ढुंगानालाई सर्वसम्मत चयन गरिएको छ
संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर वडा नम्बर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो ।
साधारणसभामा अध्यक्ष निरौलाले संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै २३१ महिला, ३०४ पुरूष र ५ संस्था गरी ५४० शेयर सदस्य तथा ४१ लाख २६ हजार शेयर पूँजी रहेको जनाए । उनले संस्थाको वित्तीय कारोबारको विवरण प्रस्तुत गर्दै चालू वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए ।
संस्थाका उपाध्यक्ष डिल्लीराम अधिकारी तथा कोषाध्यक्ष मञ्जु खतिवडाले संयुक्तरुपमा सञ्चालन गरेको सो साधारणसभा समारोहमा उत्कृष्ट सञ्चालक सम्मानबाट उपाध्यक्ष डिल्लीराम अधिकारीलाई सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट बचतकर्ता सम्मानबाट आकाँंक्षा पाठक र उत्कृष्ट ऋण कारोबार सम्मान पृथ्वीबहादुर मगरलाई प्रदा नगरियो ।
सो कार्यक्रममा कोषाध्यक्ष मञ्जु खतिवडाले आर्थिक गतिविधि विवरण पेश गर्दै दुई करोड १५ लाख ३१५ रूपैयाँको वार्षिक कारोबार तथा सञ्चालन मुनाफा पाँच लाख ८३ हजार ३०७ रूपैयाँको वार्षिक प्रगति प्रतिवेदन पेश गरेकी थिइन् ।
सो कार्यक्रममा भद्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए ।