२०८१ फागुन १३, मङ्गलवार , ११:५३:११ बजे

Sajhamanch
'

नेप्से साढे १७ अंकले घट्यो

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आज १७.५६ अंकले घटेको छ । सोमबार ५।१९ अंकले बढेको थियो । आज परिसूचक ०.८८ प्रतिशतले घटेर १९५८.७२ विन्दुमा बन्द भएको छ ।

आज एक अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार एक अर्ब ७३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह रहेको छ । यस समूहको परिसूचक १.४७ प्रतिशतले घटेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.९१ प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको सेयर मूल्य ६९६ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक सेयर कारोबार हुनेमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको पाँच करोड ५९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.५४ प्रतिशतले घटेर प्रतिकित्ता ७७९ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका २८१ धितोपत्रको ३९ लाख ४५ हजार ९९१ कित्ता खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।