२०८१ मंसिर १४, शुक्रवार , ०७:४९:४८ बजे

Sajhamanch
'

आफ्नो पालिकामा भेलाभई शिक्षकहरुले गरे हाजिरी

बिहिवार, असोज ४, २०८०

कमल । नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति आपत्ति जनाउँदै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन अझ उत्कर्षमा पुगेको छ ।

नेपाल शिक्षक महासंघले देशभरका सामुदायिक विद्यालयका शिक्षकलाई काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन अनुरोध गरेसँगै मंगलबारदेखि सुरु भएको आन्दोलन अझ उत्कर्षमा पुगेको नेपाल शिक्षक महासंघ कमल गाउँपालिकाका अध्यक्ष हिमप्रसाद दाहालले जानकारी दिएका छन् ।

काठमाडौँ केन्द्रित आन्दोलनमा जान नपाउने शिक्षकहरू पालिकामा उपस्थित भई आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पालिकामा नै हाजिर गर्ने महासंघको निर्णय छ । सोहीअनुसार अनुसार आज देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्नो पालिकामा उपस्थित भएर हाजिर गरेको महासंघले जनाएको छ ।

यसैक्रममा आज कमल गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका शिक्षक पालिकामा उपस्थित भएर आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पालिकामा नै हाजिर गरेको नेपाल शिक्षक संगठन कमल गाउँपालिकाका सचिव श्रीप्रसाद दाहालले जानकारी दिए ।

नेपाल शिक्षक महासंघले नेपाल सरकारसँग गरेको सम्झौता विपरित शिक्षा ऐन संसदमा पेश गरेको शिक्षकहरुको आरोप छ । अहिले पेश भएको शिक्षा ऐन शिक्षक, विद्यार्थी अभिभावक लगायत समग्र शैक्षिक गुणस्तरलाई नै असर गर्ने गरी बनाइएकाले त्यसको विरोध गर्दै सामुदायिक विद्यालयका शिक्षक सडक आन्दोलनमा सहभागी भएका हुन् ।

सम्बन्धित खबर