२०८१ मंसिर १४, शुक्रवार , ०१:३४:४३ बजे

Sajhamanch
'

बिर्तामोडमा भोलि बिहीबारदेखि भाटभटेनी सुपरस्टोर सञ्चालनमा ल्याइने

बुधवार, असोज ३, २०८०

झापा । मुलुकमा आर्थिक संकटका बीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ ।

झापा जिल्लाको व्यापारिक शहर बिर्तामोडको भगवान चोकमा असोज ४ गतेबाट भाटभटेनी सुपरस्टोर संचालनमा आउने भएको हो । बिर्तामोडमा सञ्चालनमा आउने यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ्ग स्पेससहित तयार भएको हो ।

२ अर्ब रुपैयाँभन्दा बढी लागानीमा सन्चालनको तयारीमा रहेको बिर्तामोडको सो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यसअघि कोशी प्रदेशको धरान, बिराटनगर र इटहरीमा स्टोर सञ्चलनमा आइसेको छ ।

स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका सामानहरु पाइने सो सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सिमावर्ती शहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको अपेक्षा रहेको छ ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन ।

देशमा व्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निरासा छाएको बेला भाटभटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने बताइन्छ । भाटभटेनीको स्थापनाले बिर्तामोड लगायत पूर्वी नेपालकै आर्थिक तथा पर्यटकीय गतिविधिसमेत बढ्ने व्यवसायीहरुले बताएका छन् ।

उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामनको मूल्य र गुणस्तरमा ग्राहकले ठगीनु नपर्ने भाटभटेनीको विशेषता रहेको क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बताए ।

भाटभटेनी व्यवसाय मात्र नभई रोजगारी आभियान पनि रहेको हुँदा हालसम्म करिव १० हजार जनाले प्रतक्ष्य रोजगारी प्राप्त गरेको जनाइएको छ । बिर्तामोडको स्टोरमा पनि यस क्षेत्रका करिब ३०० स्थानीयले रोजगरी प्राप्त गरेका अध्यक्ष गुरुङको भनाई छ ।

आसोज ४ गते बिहीबारबाट सञ्चालन गर्ने तयारी गरिएको भाटभटेनीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । उद्घाटनका आवसरमा आम ग्राहकलाई प्रत्येक सामानको खरिदमा १० प्रतिशत र इलेक्ट्रोनिक्स आइटममा २० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताएका छन् ।

बिर्तामोडमा २६औ स्टोर सञ्चालनमा आएपश्चात झापाको दमकमा आगामी बैशाखसम्ममा २७औं स्टोर सञ्चालन गरिने भाटभटेनीले जनाएको छ ।

सम्बन्धित खबर