२०८१ फागुन १०, शनिवार , ०५:३४:५५ बजे

Sajhamanch
'

बिहीबारदेखि सुरु हुँदै साफ यू-१९ च्याम्पियनसिप

मङ्गलवार, असोज २, २०८०

काठमाडौँ । साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गरी अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको तयारी पूरा भएको बताएको हो। खेल बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुनेछ।

सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताए। उनका अनुसार भुटान र बंगलादेशको टिम आइसकेको छन् भने भारत र माल्दिभ्सको टोली आज आउनेछन्। पाकिस्तान भने भोलि आइपुग्ने एन्फाले जनाएको छ।

साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह (ए) छन् भने भारत, बंगलादेश र भुटान समूह (बी) मा छन्।

सम्बन्धित खबर