२०८१ पौष ५, शुक्रवार , ०६:५५:०१ बजे

Sajhamanch
'

शिवसताक्षीको भानु माविको खेल मैदानमा असोज २३ गतेदेखि भेट्रान कप हुने

सोमवार, असोज १, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ को आयोजनामा पाराबारी भेट्रान क्लबको आयोजनामा भेट्रान कप प्रतियोगिता हुने भएको हो ।

पाराबारी भेट्रान क्लबका अध्यक्ष मनकुमार लिम्बू (तारा) का अनुसारले दशैँको अवसरमा यही असोज २४ देखि एक सातासम्म स्थानीय भानु माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा झापाका मेचीनगर, भद्रपुर, बिर्तामोड, कनकाई, दमक नगरपालिका, आयोजकको २ टिम र मोरङको उर्लाबारीको अतिथि टिमसहित आठवटा टिमको सगभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजारट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष लिम्बूले बताए । प्रतियोगिता सम्पन्न गर्न चार लाख खर्च अनुमान गरिएको छ ।

प्रत्येक खेलबाट म्यान अफ द म्याचलाई आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिताको उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र म्यान अफ द सिरिजलाई समेत ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिने वडाका जनप्रतिनिधि समेत रहेका खेल संयोजक लासाङ दोर्जे तामाङले जानकारी दिए ।

विजेताका लागि पुरस्कार वडा ३ को कार्यालयले उपलब्ध गराउने वडाध्यक्ष भाष्कर न्यौपानेले जानकारी दिए । उपविजेताको पुरस्कार राशी हाल वैदेशिक रोजगारमा रहेका स्थानीय समाजसेवी डम्बर पयाङगुले उपलब्ध गराएका छन् ।

सोमवार, असोज १, २०८० | खेलकुद

सम्बन्धित खबर