२०८१ मंसिर ११, मङ्गलवार , ०१:४१:५५ बजे

Sajhamanch
'

कमलको स्मारिक बोर्डिङमा एसक्यूसी हव सम्मेलन सम्पन्न

आइतवार, भदौ ३१, २०८०

कमल । विद्यार्थीको गुणीय चक्र (एसक्यूसी)को आठौं हव सम्मेलन झापाको कमल गाउँ पालिका वडा नम्बर ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा शनिबार सम्पन्न भएको छ ।

झापा र मोरङ्ग जिल्लाका १६ वटा विद्यालयबाट २०० जनाभन्दा बढी विद्यार्थी र ५० जनाभन्दा बढी शिक्षकको सहभागितामा हव सम्मेलन सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

हव कन्भेन्सनमा विद्यार्थीलाई केस स्टडी तथा प्रेजेन्टेसन, प्यानल डिस्कसन, २१औ शताब्दी झल्किने चित्रकला प्रतियोगिता तथा विज्ञान प्रदर्शनी, पब्लिक स्पिकिङ्ग, मोटिभेसन, हाजिरजवाफ लगायतका विधामा सहभागी गराइएको थियो ।

पाठ्यपुस्तक बाहेक यस्ता कार्यक्रमले विद्यार्थीको शिक्षण सिकाइमा थप सहयोग पुग्ने भएर नै विभिन्न समयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत एसक्यूसी कार्यक्रम गर्ने गरिएको हव कोर्डिनेटर गुणराज गिरीले बताए ।

हव कोर्डिनेटर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कोेएष्ट नेपालका अध्यक्ष सुरिना गुरुङ्ग र कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यस्ता रचनात्मक कार्यक्रमले विद्यार्थीको शिक्षण सिकाइमा थप सहयोग पुग्ने भएकोले आयोजकलाई धन्यवाद दिएका थिए ।