२०८१ मंसिर १४, शुक्रवार , ०३:२१:०७ बजे

Sajhamanch
'

बालदिवसमा बिर्तामोडले सम्पन्न गर्यो नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता

शुक्रवार, भदौ २९, २०८०

बिर्तामोड । आज भदौ २९ गते, ५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम भएकी छन् ।

यो वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ शीर्षकमा आज नगरपालिकाले गरेको प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय कक्षा १०मा अध्यनरत छात्रा आचार्य प्रथम भएकी हुन् ।

प्रतियोगितामा तक्षशिला स्कूल कक्षा ९ की छात्रा निज्रा मेचे द्वितिय, कोहेड कलेज कक्षा १२ की छात्रा प्रज्ञा ढुंगेल तृतिय र ईडेन गार्डेन आवसीय माध्यमिक विद्यालय कक्षा १० की छात्रा प्रनिशा मोहाराले सान्तवना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका उत्कृष्टहरुले क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एक हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेताहरुलाई नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, सामाजिक विकाश शाखाका संयोजक यमुना आचार्य, महिला विकास निरीक्षक पुष्पा कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा मेचीनगरका शिक्षक दामोदर ढुङ्गेल र मिलनकुमार ढुङ्गाना रहेका थिए ।

सो अवसरमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सुनिश्चित भविष्य निर्माणको लागि राज्यले शिक्षामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले कक्षा १२ उत्तीर्ण हुने वित्तिकै विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेशिने गरेको भन्दै यो देशका लागि दुर्भाग्य भएको धारणा राखेका थिए ।

सम्बन्धित खबर