२०८१ माघ २९, मङ्गलवार , ०६:११:१२ बजे

Sajhamanch
'

एमालेका सबै पूर्वघोषित कार्यक्रम स्थगित, सचिवालय बैठक बस्तै

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौँ । नेकपा एमालेले पार्टीका सम्पूर्ण पूर्वघाषित कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने भएको छ । एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि शोकको घडीमा पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि नेकपा एमालेले आकस्मिकरूपमा सचिवालय बैठक पनि बोलाएको छ । पार्टीको सचिवालय बैठक आज ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

गए राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उनको पार्थीव शरीरलाई अहिले केहीबेर पछि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि राखिने तय भएको पनि जनाइएको छ ।

पार्टीका संसदीय दलका उपनेता तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै
कार्यवाहक महासचिव ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय रहेको र यो रिक्तता कहिल्यै नपुरिने बताएका छन् ।

सम्बन्धित खबर