२०८१ मंसिर १७, सोमवार , ०३:१०:०७ बजे

Sajhamanch
'

भारतको मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

शुक्रवार, भदौ ८, २०८०

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । एक प्रहरी अधिकारीका अनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो ।

मिजोरमको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतक सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ ।

मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुकासाथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन् ।

सम्बन्धित खबर