२०८१ मंसिर १७, सोमवार , १२:४७:५७ बजे

Sajhamanch
'

टर्कीको डढेलो : ४ हजार ८० हेक्टर जमिनमा क्षति

शुक्रवार, भदौ ८, २०८०

काठमाडौं । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिनयता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । बिहीबार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताएका हुन् ।

उनले आगलागीबाट ११ वटा गाउँका कयौँ घरमा क्षति पुगेको छ । आगो फैलिएसँगै ११ गाउँ पूर्णरूपमा खाली गराइएको थियो । डढेलोबाट ४ हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ । डढेको धुवाँका कारण ९७ जना बिरामी भएका छन् । तीमध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ ।

आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल पनि हो । यो पुरानो सहर पनि हो । जुन १९९८ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।

सम्बन्धित खबर