२०८१ मंसिर १७, सोमवार , ०६:०७:५० बजे

Sajhamanch
'

नक्कली सर्टिफिकेट पेश गरेर एमबीबीएस पढिरहेको आरोपमा एक विद्यार्थी पक्राउ

शुक्रवार, भदौ १, २०८०

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस पढिरहेको आरोपमा एक जना विद्यार्थीलाई पक्राउ गरेको छ।

चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा पढिरहेका एक विद्यार्थीलाइ गएराति सीआईबीले पक्राउ गरेको हो। सीआईबीले उनको थप विवरण भने सार्वजानिक गरेको छैन।

राष्ट्रिय परिक्षा बोर्डबाट पाएको सुचनाको आधारमा उनको शैक्षिक प्रमाणपत्रमा नक्कली रहेको पाइएपछि चितवनबाट पक्राउ गरेर ल्याउँदै छौ, सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, अब यहा आइपुगेपछि नाम लगायत सबै विवरण सार्वजानिक हुन्छ।

उनले एमबीबीएस पढ्न आईएससी पास भएको नक्कली सर्टिफिकेट बनाएको बताइएको छ। उनलाई चितवनबाटै पक्राउ गरि अहिले काठमाडौं ल्याइँदै गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।

यसअघि सीआईबीले ८ जना नक्कली डाक्टरलाई पक्राउ गरेको थियो। जसमा एक जना सक्कली डाक्टर परेपछि रिहा भएका छन् भने कांग्रेसका सांसद् समेत रहेका सुनिल शर्मालाइ जिल्ला अदालत काठमाडौंले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ। अहिले सीआईबीको हिरासतमा ६ जना नक्कली डाक्टर छन्।

सम्बन्धित खबर