२०८१ माघ २९, मङ्गलवार , ०९:३७:४७ बजे

Sajhamanch
'

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधवार, साउन ३१, २०८०

कमल । भारतीय नम्बर प्लेटको एउटा कारले मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार साँझ झापामा एकजनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्गको कमल गाउँपालिका वडा नं. ५ पाडाजुँगी खण्डमा भएको सवरी दुर्घटनामा कमल गाउँपालिका वडा नं. ४ का ६८ वर्षीय डोरप्रसाद खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खनालले चलाएको मोटर साइकललाई विपरित दिशाबाट आएको कारले ठक्कर दिएको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले पाडाजुँगीमा पूर्वतर्फ आउँदै गरेको मे ७ प ४६४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी घाइते मोटरसाइकल चालक खनाललाई उपचारका लागि दमकतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक भएका खनाल कमल गाउँपालिकाका कर्मचारी सरोज खनालका बुबा हुन ।

सम्बन्धित खबर