२०८१ मंसिर १४, शुक्रवार , ०९:५४:२४ बजे

Sajhamanch
'

आदिवासी जनजाति लक्षित अभिमुखीकरण तथा चेतनामुलक कार्यक्रम

शुक्रवार, साउन २६, २०८०

कमल । कमल गाउँपालिकामा रहेका आदिवासी जनजातिलाई लक्षित गरेर अभिमुखीकरण तथा सचेतना कार्यक्रम गरिएको छ । कमल गाउँपालिकामा रहेका १९ वटा जातीय संघ–संस्थामा आवद्ध आदिवासी जनजातिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो ।

‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवद्र्धन गर्दै पुख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं’ भन्ने विषयमा आधारित रहेर समाजशास्त्री डाक्टर कृष्ण भट्टचन र अधिवक्ता शंकर लिम्बूले सहजीकरण गरेका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कमल गाउँपालिकाका अध्यक्ष बद्रीराम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका झापा अध्यक्ष पाण्डवलाल चौधरी, किराँत याक्थुम चुम्लुङ्गका केन्द्रीय सदस्य चन्द्रकला आङ्गदेम्बे, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, आदिवासी रङ्गशालाका कार्यवाहक अध्यक्ष दिपेनवाला राई लगायतले मन्तव्य राखेका थिए ।

आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कमल गाउँपालिकाका उपाध्यक्ष तीर्थकुमार ताजपुरियाको शाब्दिक स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव जय मोक्तान तामाङ्गले गरेका थिए ।

सम्बन्धित खबर