पोखरा । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ की ४५ वर्षीया कल्पना गुरूङलाई प्रहरीले २८ तोला सुनसहित पोखरामा पक्राउ गरेको छ । पोखरा बसपार्कबाट उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।
बसबाट ओर्लिए लगत्तै प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट सुन बरामद गरेको हो । गुरूङले लगाएको ब्राभित्र सुन लुकाएर राखेकी थिइन्।
बिर्तामोड घर भई हाल उनी काठमाडौंको जोरपाटी बस्दै आएको खुलेको छ ।
गुरूङले आफूलाई काठमाडौंबाट अरू नै कसैले पैसाको प्रलोभन दिएर सुन बोकाएको बताएकी छिन् ।
पोखरा पुगेपछि एउटा फोन आउँछ, उसैलाई सुन दिनू भनेर आफूलाई पठाइएको उनले प्रहरी समक्ष प्रारम्भिक बयान दिएकी छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।