२०८१ कार्तिक ३, शनिवार , १०:५७:३९ बजे

Sajhamanch
'

स्पेन महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा

शनिवार, साउन २०, २०८०

काठमाण्डौ । स्पेन फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । न्युजिल्याण्डको इडेन पार्कमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई ५–१ गोलले हरायो ।

खेलको ११ औँ मिनेटमा स्पेनकी लिया कोडिनाले आत्मघाती गोल गरेपछि स्विटजरल्याण्डले अग्रता बनाएको थियो तर, त्यसपछि स्विटजरल्याण्डले एक गोल पनि गर्न सकेन भने स्पेनले पाँच गोल गर्यो । स्पेनका लागि ऐतना बोन्मतीले दुई गोल गरिन् ।

अहिले जापान र नर्वेले खेलिरहेका छन् । महिला विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ का खेल सुरु भएका हुन् । जापान समूह ‘सी’ को विजेता र नर्वे समूह ‘ए’ को उपविजेता टोली हो । महिला विश्वकप फुटबलमा ३२ देश सहभागि रहेकोमा १६ वटा टोली अन्तिम १६ मा पुगेका छन् । न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।

सम्बन्धित खबर