२०८१ मंसिर १४, शुक्रवार , १०:२१:१९ बजे

Sajhamanch
'

गुडिरहेको रेलभित्र गोली चल्दा चार जनाको मृत्यु

सोमवार, साउन १५, २०८०

काठमाडौँ । महाराष्ट्रमा एक चलिरहेको ट्रेनभित्र गोली चल्दा ४ जनाको ज्यान गएको छ। महाराष्ट्रको पालघरमा सोमबार एक रेलवे सुरक्षा बलका जवानले जयपुरबाट मुम्बई जाँदै गरेको ट्रेनमा चार जनालाई गोली हानेको हुन्। उनीहरूको घटनास्थलमै ज्यान गएको छ।

यस घटनामा एक आरपीएफ असइ र तीन यात्रुको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।समाचारका अनुसार यो फायरिङ ट्रेनको बी–५ कोचमा भएको थियो जहाँ आरोपी चेतन सिंहले आफ्ना सहकर्मी एएसआईमाथि गोली हानेका थिए र त्यसपछि यात्रुमाथि गोली हानेका थिए ।

आरोपीलाई पक्राउ गरिएको रेलवे सुरक्षा बलले जनाएको छ । रेलवे सुरक्षा बलका जवानले किन गोली चलाए खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको महाराष्ट्र सरकारले जनाएको छ।

सम्बन्धित खबर