कमल । झापाको कमल गाउँपालिकामा डेंगुको संक्रमण देखिन थालेपछि त्यसको नियन्त्रणका लागि लामुखुट्टेको बासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियानलाई तीब्र बनाएको छ ।
डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकोले डेंगु लगायतका किटजन्य रोगहरुको नियन्त्रणका लागि लामुखुट्टेको बासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियानलाई तीब्र बनाइएको हो ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईसहित दुई जनामा डेंगुको संक्रमण देखा परेकोले सबैले सचेत हुनुपर्ने कमल गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी दिपक दाहालले बताए ।
एडिज जातको लामखुट्टे थोरै पानी जम्मा भएको भाँडामा समेत फुल पार्ने भएकोले घर भित्रका गमला, फ्रिज, कुलर एसी तथा घर बाहिर रहेका पुराना टायर तथा पानी जम्मा भएको ठाउँहरुमा खोजी सफा गरी लामखुट्टेको फुल नष्ट गरिएको स्वस्थ्यकर्मीले बताए ।
एडिज जातको लामखुट्टेले दिउँसोमात्र मानिसलाई टोक्ने गर्दछ । त्यसमा पनि बिहान र साँझको समयमा बढी टोक्ने सम्भावना भएकोले बिहान, दिउँसो, राति जुनसुकै बेलामा झुल लगाएर मात्र सुत्न स्वस्थ्यकर्मीले सुझाव दिएका छन् ।