भद्रपुर । जननिर्वाचित प्रथम प्रधानमन्त्री विपि कोइरालाको ४१औं स्मृति दिवसको अवसर पारेर भद्रपुरमा विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न गरिएको छ ।
विपि स्मृति प्रतिष्ठानको आयोजनामा भद्रपुर नगरपालिका भित्रका विद्यालयका विद्यार्थी बीच निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको हो ।
प्रतियोगितामा ग्यालेक्सी इङ्लिस स्कुलका छात्रा अल्विना तामाङ प्रथम, वीरेन्द्र माविका छात्रा दिक्षा खड्का द्वितीय र सिद्धार्थ शिशु सदनका छात्रा दिपिका रेग्मी तृतीय भएका छन् । भद्रपुर माविका सविता राई र पुहाँतु जनज्योति माविका तुलसा अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
२५ वटा निबन्धबाट छानिएका १० उत्कृष्ट प्रतियोगी बीच प्रतिष्पर्धा भएको कार्याक्रममा उत्कृष्ट निबन्धकारलाई नगदसहित सम्मानसमेत गरिएको थियो ।
प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार चिन्तामणि दाहाल लगायत प्रतिष्ठानका सहयोगी व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।
देवेन्द्र गौतमले सञ्चालन गरेको कार्यक्रममा कवि हरिप्रसाद न्यौपाने, खगेन्द्रा खुसी, लता खरेल लगायतले विपिको स्मरण गर्दे कविता वाचन गरेका थिए ।