२०८१ कार्तिक २९, बिहिवार , ०७:१९:५५ बजे

Sajhamanch
'

बाढीपहिरोबाट ३ वटा राजमार्ग अवरूद्ध

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । मनसुनजन्य विपद् (बाढी-पहिरो) का कारण ३ वटा राजमार्ग अवरूद्ध बनेका छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।

आज बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा अवरूद्ध छ। त्यो राजमार्ग असारको पहिलो सातादेखि नै सञ्चालनमा आउन सकेको छैन।

त्यस्तै तमोर करिडोरअन्तर्गत् चतरा-मूलघाट-माझीछार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक माझीटारमा अवरूद्ध छ।

त्यस्तै, बेनी जोमसोम कोरला सडक योजनाअन्तर्गत्को कालिगण्डकी करिडोर पनि बैसरी, नौनी बगर, तातोपानी, गुइँठे आदि ठाउँमा अवरूद्ध छ।

अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ।

मनसुनजन्य विपद्का कारण राजमार्ग बिग्रिए, भत्किएर अहिलेसम्म २४ करोड ९६ लाख बराबरको क्षति भइसकेको सडक विभागको अनुमान छ।

सम्बन्धित खबर