२०८१ मंसिर १६, आइतवार , ०८:००:४७ बजे

Sajhamanch
'

प्रदेशसभामा विश्वासको मत पाउने नवनियुक्त मुख्यमन्त्री थापाको विश्वास

शनिवार, असार २३, २०८०

झापा । नेपाली कांग्रेसका प्रदेश सभापति तथा कोशी प्रदेशका नवनियुक्त मुख्य मन्त्री उद्धव थापाले गृह जिल्ला आएर अग्रजहरुबाट आशीर्वाद तथा जिल्ला नेतृत्वबाट स्वागत–सम्मान ग्रहण गरेका छन् ।

आज बिर्तामोडमा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री थापाले नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानलाई आत्मसाथ गर्दै आफूलाई प्रदेशसभामा विश्वासको मत प्राप्त हुने दावी गरेका थिए ।

‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी शुरु हुने बताउँदै मुख्यमन्त्री थापाले बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ विश्वास पनि व्यक्त गरेका थिए ।

विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने उनको धारणा थियो । सबैको सद्भाव र इच्छा शक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलब्धी भएको उनको भनाइ थियो ।