२०८१ मंसिर १४, शुक्रवार , १०:१६:२६ बजे

Sajhamanch
'

रूसमा अज्ञात समूहबाट कुटिइन् पत्रकार

बुधवार, असार २०, २०८०

काठमाडौं । रूसी पत्रकार एलेना मिलाशिनामाथि कुटपिट भएको छ।

मंगलबार रूसको चेचन्या प्रान्तको राजधानी ग्रोजनीमा पत्रकार मिलाशिना र उनका वकिल अलेक्जेन्डर नेमोभमाथि अज्ञात समूहले कुटपिट गरेको हो।

सिएनएनका अनुसार उनीहरू चेचनका अभियन्ता जरिमा मुशाइभाविरूद्धको मुद्दाको सुनुवाइका लागि अदालत जाने क्रममा अज्ञात समूहबाट कुटिएका हुन्।

‘उनीहरू निकै हताशमा थिए। शायद उनीहरू हामीलाई डर देखाउन चाहन्थे,’आक्रमणपछि उनले एक टेलिभिजन अन्तर्वार्तामा मिलाशिनाले भनेकी छन्, ‘उनीहरूले हामीलाई दुई पटक कुटपिट गरे।’

टेलिभिजन अन्तर्वार्तामा देखिएकी मिलाशिनाको अनुहारभरि हरियो रङ्ग पोतिएको छ। उनको कपाल खौरिएको देखिन्छ भने हातमा ब्यान्डेज बाँधिएको छ।

‘यो सब उनीहरूले नै गरेका हुन्,’ मिलाशिनाले अन्तर्वार्ताका क्रममा भनिन्।

मिलाशिनाका वकिल नेमोभमाथि कुटपिटपछि छुरा प्रहार भएको छ। अहिले उनी अस्पतालमा उपचाररत छन्। त्यति हुँदासमेत उनी अदालतको सुनुवाइमा उपस्थित हुने योजनामा रहेको सिएनएनले उल्लेख गरेको छ।

त्यहाँको प्रहरीले आक्रमणकारी को थिए भन्नेबारे भेउसम्म पाउन सकेको छैन।

यसबारेमा राष्ट्रपति कार्यालय क्रेमलिनले समेत ध्यानाकर्षण भएको जनाएको छ।

क्रेमिलनका प्रवक्ता दिमित्री पेस्कोभले घटनाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइएको र यसको अनुसन्धान मानवअधिकार आयोगले गर्ने बताएका छन्।

सम्बन्धित खबर