२०८१ असोज ४, शुक्रवार , ११:५७:४९ बजे

Sajhamanch
'

कोशी सरकारले पहिचान पक्षधरलाई पठायो पत्र

सोमवार, जेठ २९, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि पत्र पठाएको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई पत्र पठाएको हो । पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने बताएको थिए । त्यसपछि सोमबार प्रदेश सरकारले समितिलाई वार्तामा बोलाएको हो ।

फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । भूगोलका आधारमा नाम राखेपछि पहिचान पक्षधरले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका थिए । पहिचान पक्षधरसँग वार्ताका लागि सरकारले मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

सम्बन्धित खबर