२०८१ मंसिर १०, सोमवार , ०१:५४:५५ बजे

Sajhamanch
'

बिर्तामोड २ मा १७ सदस्यीय वडा बाल संजाल गठन

सोमवार, जेठ २९, २०८०

बिर्तामोड । बालमैत्री स्थानीय शासन वडा घोषणा अभियान अन्तरगत बिर्तामोड २ मा बालक्लब गठन गरिएको छ । एलिना तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय वडा बाल संजाल गठन गरिएको हो ।

क्लबको उपाध्यक्षमा एन्जल गौतम, सचिव आयुष शिवाकोटी, सहसचिव दिपशिखा दास र कोषाध्यक्ष एलिजा भट्टराई चयन भएका हुन् ।

बाल सञ्जाल समितिका सदस्यहरूमा यादव मिश्र, इशान्त भट्टराई, स्तुति रसाइली, सोमनाथ चापागाई, अग्रिम खरेल, प्रिया भण्डारी, विवश खतिवड़ा, रोस्ना राजवंशी, पूजा राजवंशी, पूजन मगर, सृष्टी दाहाल र कृतिका पौडेल रहेका छन् ।

वीर अमरसिंह माध्यमिक विद्यालयमा वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा आइतबार भएको बाल सञ्जाल गठन कार्यक्रममा नगरप्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

सो कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले नगरपालिकालाई बालमैत्री बनाउन प्रतिवद्ध रहेको जनाउँदै आगामी आर्थिक वर्षबाट यस्तो अभियानलाई पूर्णता दिन नीतिगत ब्यवस्था गर्ने आश्वासन दिइन् ।

कार्यक्रममा वडाध्यक्षले पौडेलले बालबालिकाको विकासका लागि वडा कार्यालय निरन्तर कृयाशिल रहने बताए । बालबालिकाको समस्यालाई नजिकबाट नियाल्दै सम्बोधन गर्ने वातावरण वडाले निर्माण गर्ने वडाध्यक्ष पौडेलको भनाई थियो।

सम्बन्धित खबर