२०८१ मंसिर १३, बिहिवार , ०८:३६:४६ बजे

Sajhamanch
'

भद्रपुर नगरपालिकाः वातावरण दिवसमा चेतनामुलक र्यली, शिक्षकलाई अभिमुखीकरण

सोमवार, जेठ २२, २०८०

भद्रपुर । ५० औं विश्व वातावरण दिवशको अवसर पारी झापा सदरमुकाम चन्द्रगढीमा प्रभातफेरी र्याली निकाल्दै विविध चेतनामुलक कार्यक्रम गरिएको छ ।

भद्रपुर नगर वातावरण शाखाको नेतृत्वमा वन तथा वातावरण सम्बद्ध विभिन्न संघ संस्थाले सामुहिक कार्यक्रम अन्र्तगत चन्द्रगढीमा प्रभातफेरी र्यालीसहित विविध कार्यक्रम गरेका हुन् ।

भद्रपुर नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा भद्रपुर १० लेखनाथ चोकबाट सुरू भएको प्रभातफेरीले चन्द्रगढीको चारआली रोड हुँदै वीरेन्द्र माविको परिसरमा समापन गरेका थिए । सो कार्यक्रममा वातावरण सम्बद्ध संघ, संस्था तथा विद्यार्थीहरूले विविध चेतना जनाउने चित्र, वोट विरूवा, जैविक मल लगायत प्राकृतिक उत्थान जागरण ल्याउने बस्तुहरूको प्रदर्शन गरेका थिए ।

सामाजिक शिक्षकलाई अभिमुखीकरण

यसैबीच, भद्रपुर नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा सामाजिक विषयका शिक्षक तथा बाल क्लब सहजकर्ता शिक्षकका लागि एक दिवसीय बालमैत्री अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।

शिक्षणमा बालमैत्री व्यवहारको उपयोगका लागि आयोजित अभिमुखीकरणमा भद्रपुरमा रहेका सरकारी तथा संस्थागत विद्यालयका शिक्षकको सहभागिता रहेको थियो ।

अभिमुखीकरणमा गोपाल लिम्बू, दिपक पाण्डे लगायतले सहजीकरण गर्दै युग सुहाउँदो शिक्षणका लागि बालमैत्री व्यवहार आवश्यक रहेको बताए । उनीहरुले परम्परागत दमनको शैलीले शिक्षाको विकास नहुने प्रष्ट पारेका थिए ।

सहभागी शिक्षकहरूले बालमैत्रीको नाममा अराजकता प्रवेश गर्दा शिक्षाको गुणस्तर खच्कने अवस्था आएको गुनासो राखेका थिए । शाखाका प्रमुख जीवनकला राउतले भद्रपुरको सामाजिक विकासको अवस्था बारे जानकारी गराएकी थिइन् ।

सम्बन्धित खबर