२०८१ असोज ४, शुक्रवार , ०४:०७:५० बजे

Sajhamanch
'

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने माओवादीको निर्णय

सोमवार, जेठ २२, २०८०

बिराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले मुख्यमन्त्रीमा दाबी गरेको हो ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेन ।

प्रदेश सांसद गणेश उप्रेतीले भने, ‘भोलि प्रदेशका थप नेताहरु समेत बसेर निर्णय लिन्छौं ।’

स्रोतका अनुसार माओवादीका केही सांसद हिक्मतबहादुर कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइहाल्ने पक्षमा छैनन् भने केहीले फिर्ता लिनुपर्ने बताएका छन् । भोलिसम्ममा साझा मत बनाउने नेताहरु बताउँछन् ।

सम्बन्धित खबर