२०८१ असोज ४, शुक्रवार , ०१:३९:०३ बजे

Sajhamanch
'

कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग

बुधवार, जेठ १७, २०८०

बिराटनगर । नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् ।

प्रदेश १ का १४ जिल्लाका कांग्रेस सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग विशेष आग्रह गरेका हुन् ।

प्रदेशसभाले कोशी नाम राखेपछि आन्दोलन भइरहेको भन्दै उनीहरुले भनेका छन्, ‘यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ ।’

विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु, खोटाङ सभापति विष्णु कुमार राई, उदयपुर सभापति हिमाल कार्की, झापाका सभापति देउ कुमार थेबे, संखुवासभाका सभापति दीपक खड्का, सुनसरी सभापति केदार भण्डारी र ओखलढुंगा सभापति तेजेन्द्र खनालको हस्ताक्षर छ ।

यसैगरी सोलुखुम्बु सभापति नामगेल जाङ्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्मर खड्का, पाँचथर सभापति रुपनारायण जगेबु, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खबर