२०८१ मंसिर १०, सोमवार , ०७:५५:३१ बजे

Sajhamanch
'

विद्यालयमा मनोमानी बढेकोले रोक्न माग गर्दै अभिभावकद्वारा नगरपालिकामा ज्ञापन पत्र

सोमवार, जेठ ८, २०८०

भद्रपुर । भद्रपुरमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा नियम मिचेर मनोमानी बढेको भन्र्दै विधि प्रकृया र नियम अनुसार विद्यालय सञ्चालनको वातावरण निर्माणको माग राख्दै पूर्व जनप्रतिनिधि तथा अभिभावक नुतन पौडेलले भद्रपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

भद्रपुर ९ का पूर्व वडासदस्य समेत रहेका पौडेलले भद्रपुर नगर क्षेत्रमा रहेका अधिकांश निजी विद्यालयहरूले सरकारले तय गरेको मापदण्ड मिचेर नियम विपरित शुल्क बृद्धि गर्ने, अभिभावक माथि अनावश्यक व्ययभार थोपर्ने लगायत विकृति रोक्न १० बुँदे सुझावसहित ज्ञापन पत्र बुझाएका हुन् ।

शिक्षा नियमावलीसमेत पालना नगर्दा सार्वजनिक विदा अतिक्रमण भएकोमा ध्यानाकर्षण गद चालू शैक्षिक वर्षमा विभेद र विकृति रहित शैक्षिक वातावरण निर्माणका लागि नगर सरकार जिम्मेवार भएर लाग्नु पर्ने धारणा सहित पौडेलले ज्ञापन पत्र बुझाएका हुन् ।

सम्बन्धित खबर