२०८१ मंसिर १३, बिहिवार , ०५:२३:५४ बजे

Sajhamanch
'

दमक नगरपालिकाद्वारा महिलाहरुलाई नौमती बाजा बजाउने तालिम सञ्चालन

आइतवार, जेठ ७, २०८०

दमक । दमक नगरपालिकाले महिलाहरुका लागि नौमती बाजा बजाउने तालिम आजदेखि सुरु गरेको छ । नगरप्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले आज आयोजित विशेष कार्यक्रममा संयुक्तरुपमा तालिम उद्घाटन गरेका छन् ।

सो कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख थापाले संस्कृतिको प्रबर्धन पनि हुने र महिलालाई आत्मनिर्भर पनि बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । पछिल्लो समय विभिन्न कार्यक्रमहरुमा नौमती बाजाको माग बढिरहेको सन्दर्भमा महिलाहरुले बाजा बजाउँदा आकर्षक पनि देखिने भएकोले यसको माग एकदमै धेरै रहेको नगरप्रमुख थापाको भनाई छ ।

यसैगरी उपप्रमुख भट्टराईले नौमती बाजा कुनै एक लिङ्ग वा समुदायले मात्रै बजाउने नभई जसले पनि बजाउन सकिने प्रष्ट पार्दै महिलाहरुले बाजा बजाउँदा समाजिक विभेदको अन्त्यसमेत हुने भएकाले महिलाका लागि नगरपालिकाले तालिम सञ्चालन गरेको बताइन् । तालिममा सिकेको सिपलाई उच्चतम सदुपयोग गर्दै समाजमा उदाहरणीय बनेर देखाउन सहभागीलाई उनले सुझाव पनि दिइन् ।

नगरपालिका कार्यालयले बाजा बजाउने तालिम लिन इच्छुकहरुलाई आवेदन दिन खुल्ला आह्वान गरेकोमा दुईवटा संस्थाबाट सहभागिताको लागि आवेदन आएकोले उनीहरुलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको नगरपालिका सामाजिक विकास शाखाका अधिकृत डम्बर बरालले जानकारी दिए ।

सम्बन्धित खबर