२०८१ मंसिर १०, सोमवार , ०८:३९:३५ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बिहिवार, वैशाख २१, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/०१/२१

जिल्ला झापा मेचीनगर–१३ बस्ने स्व. प्रेमप्रसाद पौडेल (सदस्य नं. १२४८५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार २२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१३ बस्ने निजका श्रीमती तुलसा पौडेलले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल बैशाख १४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्याद भित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चारआली कार्यालय

बिहिवार, वैशाख २१, २०८० | विज्ञापन

सम्बन्धित खबर